काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा ४०.८३ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले समीक्षा अवधिमा कुल २ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ रहेको थियो । यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन ४०.४४ प्रतिशतले बढेको छ ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ४२.४५ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कोषमा ३२ करोड १२ लाख रुपैयाँ थियो ।
त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ ८१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोजसम्म यस्तो रकम ७१ करोड ३३ लाख रुपैयाँ थियो । अन्य इक्विटी पनि बढेर २८ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्य इक्विटी २२ करोड ४६ लाख रुपैयाँ थियो ।
व्यवसाय विस्तार र बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफा भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १४ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १५ करोड ८३ लाख रुपैयाँ थियो ।
यसअनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १०.७८ प्रतिशतले घटेको देखिन्छ ।