काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा १९ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको थियो। यसअनुसार समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ४०.८३ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। यससँगै कम्पनीको कुल बीमाशुल्क आर्जन ४०.४४ प्रतिशतले बढेको छ।
त्यस्तै, असोजसम्ममा कम्पनीले २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२.४५ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ९६ लाख रुपैयाँ रहेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३२ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७१ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा २२ करोड ४६ लाख रुपैयाँ रहेको थियो।
यद्यपि, कम्पनीको नाफा भने घटेको छ। समीक्षा अवधिमा आइएमई लाइफले १४ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो।
यसअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १०.७८ प्रतिशतले घटेको छ।