free website hit counter

आइएमई लाइफको नाफामा फड्को

beemaadmin
२०८१ बैशाख १७, सोमबार

काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १८ करोड ८६ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको २ अर्ब ८९ करोडको तुलनामा ७।७९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७३ लाख २५ हजार,लगानी तथा कर्जा आम्दानी ९६ करोड १३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ३९ लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ४ अर्ब १२ करोड र खुद दाबी भुक्तानी २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिकाु तुलनामा १४.०९ प्रतिशतले धेरै हो । तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७९ करोड रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १५ करोड ९१ लाख र रिटेन्ड अर्निङ ८५ करोड ९२ लाख रुपैयाँबराबर रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस वृद्धि भएको छ । कम्पनीको ईपीएस ८.९८ रुपैयाँबाट बढेर ११.०५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७७.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२१.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८० गुणा कायम भएको छ ।

सम्बन्धित समाचार