free website hit counter

आइएमई लाइफको नाफा १४५ प्रतिशतले बढ्यो

beemaadmin
२०८१ श्रावण ३०, बुधबार

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा १४५.०४ प्रतिशतको उछाल आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा २० करोड ९९ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४।४३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९ लाख ,लगानी तथा कर्जा आम्दानी १ अर्ब ३१ करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ६ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी १ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो । चौथो त्रैमाससम्म कम्पनीको खर्च भने बढेको छ । कम्पनीले यो अवधिसम्म ५ अर्ब ३९ करोड रुपैयाँ कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६.२२ प्रतिशतले बढी हो । कम्पनीको महाविपत्ती कोषको आकार १७ करोड ७४ लाख र रिटेन्ड अर्निङ १ अर्ब २ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस वृद्धि भएको छ । कम्पनीको ईपीएस १० रुपैयाँबाट बढेर १०.२९ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५८.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.०२ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार