free website hit counter

आइएमई लाइफको नाफा ८७ प्रतिशतले बढ्यो

beemaadmin
२०८० श्रावण ३१, बुधबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १६.४८ प्रतिशत बढेर ४ अर्ब १ करोड ६५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी २१.७४ प्रतिशत बढेर १ अर्ब ६ करोड ७६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८५.७१ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, जगेडा कोष २४९.३६ प्रतिशत बढेर २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ र जीवन बीमा कोष ४३.२५ प्रतिशत बढेर ६ अर्ब ७५ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार