free website hit counter

आइएमई लाइफको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

beemaadmin
२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्सोरेन्सको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा।ली।भरतपुर १० को प्राविधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उद्घाटन कार्यक्रमको सभापतित्व आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय प्रबन्धक यसोदा ढुंगानाले गरेकी थिइन् । प्रमुख अतिथि भरतपुर माहानगरपालिका ६ का वडाध्यक्ष कृष्णलाल श्रेस्ठ, विशिष्ट अतिथि बरिष्ठ फिजिसियन डा।भोजराज अधिकारी, सामाजिक इकाइ प्रमुख केदार सुबेदी, हेल्थ पोष्ट ईन्चार्ज भवीस्वर अधिकारी वडासदस्य रुद्र अधिकारी,डा।रिकेश सापकोटा, डा।यूबराज पौडेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा सम्बोधन गर्दै डा. भोजराज अधिकारीले अब अस्पतालनै बिरामीकोमा जानु पर्ने बताए । जनताले आधारभुत औषधी घरमै पाउनु पर्छ भन्दै उनले नून चीनी चील्लो कम गर्न समेत सबैलाई आग्रह गरे । कार्यक्रममा निःशुल्क प्रेशर शुगर टेस्ट र निःशुल्क औषधी समेत दिइएको थियो । शिविरमा महिला ८९ र पुरुष ९० गरी १७९ जना बिरामीले सेवा लिएका थिए । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसर पारेर देशका सातै प्रदेश का विभिन्न जिल्लामा सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार