free website hit counter

आइएमई लाइफको बीमा शुल्क आर्जन २ अर्ब ३३ करोड

beemaadmin
२०८१ माघ १६, बुधबार

काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा २६ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७।२२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७९ लाख ८७ हजार, लगानी तथा कर्जा आम्दानी ६६ करोड ८८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी ४९ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यो रकम २ अर्ब ६५ करोडबराबर थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो । यो अवधिमा कम्पनीको खर्च बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८७ करोड रुपैयाँ कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.९७ प्रतिशतले बढी हो । कम्पनीको महाविपत्ती कोषको आकार २१ करोड ७५ लाख र रिटेन्ड अर्निङ १ अर्ब ३८ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.२३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९६.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.५५ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार