free website hit counter

आइएमई लाइफबाट राजीनामा दिएका अमात्य हिमालयन लाइफको डीसीईओ बन्दै

beemaadmin
२०८३ श्रावण ९, शनिबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिनेश अमात्यले पदबाट राजीनामा दिएका छन्। उनी हिमालयन लाइफ इन्स्योरेन्समा डीसीईओका रूपमा आबद्ध हुने तयारीमा रहेको स्रोतले जनाएको छ। साउन ८ बाट आइएमई लाइफ छाडेका अमात्य यही साता हिमालयन लाइफ प्रवेश गर्ने श्राेतकाे दाबी छ ।

अमात्य २०७४ सालदेखि आइएमई लाइफमा कार्यरत थिए। कम्पनी स्थापनाकै समयमा प्रमुख सञ्चालन अधिकृत (सीओओ) का रूपमा आबद्ध भएका उनी २०८१ साउनको दोस्रो सातामा डीसीईओमा बढुवा भएका थिए। त्यसअघि उनी नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए।

Advertisement
Advertisement

बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हासिल गरेका अमात्यले आफ्नो करिअर तत्कालीन सूर्या लाइफ इन्स्योरेन्सबाट सुरु गरेका थिए। उनले २०६५ सालदेखि २०७४ साल असारसम्म सूर्या लाइफमा विभिन्न जिम्मेवारी सम्हालेका थिए। सहायक महाप्रबन्धक पदबाट राजीनामा दिएपछि उनी आइएमई लाइफमा आबद्ध भएका थिए।

Advertisement
Advertisement

स्रोतका अनुसार अमात्य अब हिमालयन लाइफ इन्स्योरेन्समा पनि नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कै जिम्मेवारी सम्हाल्नेछन्। कम्पनीले यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन।

अमात्यसँग कार्यालय प्रशासन, बीमालेख विकास, जोखिम मूल्यांकन, पुनर्बीमा, बीमांकीय मूल्यांकन, दाबी व्यवस्थापन तथा बीमालेख सेवा क्षेत्रमा लामो अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।

सम्बन्धित समाचार