free website hit counter

आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो ३ करोड २० लाख रुपैयाँ दाबी

beemaadmin
२०८२ बैशाख ३, बुधबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ७५ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले २० वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड २१ लाख ५७ हजार १७५ रुपैयाँ प्रदान गरेको छ । १७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ६२ लाख १० हजार रुपैयाँ प्रदान गरेको छ भने ३८ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २५ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ । दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।

सम्बन्धित समाचार