free website hit counter

आइएमई लाइफले पायो आइपीओको अनुमति

beemaadmin
२०८० जेष्ठ २४, बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । आइएमई लाइफ इन्स्योरेन्सलाई बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । त्यसमध्ये ६ लाख कित्ता भने कम्पनीका कर्मचारीहरूलाई प्रतिकित्ता १०० रुपैयाँ मै निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

सम्बन्धित समाचार