free website hit counter

आइएमई लाइफले ३ विधामा जित्यो इमर्जिङ्ग एशिया अवार्ड

beemaadmin
२०८१ माघ २७, आईतवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सले पाँचौँ संस्करणको “इमर्जिङ्ग एशिया अवार्डमा” सर्वश्रेष्ठ जीवन बीमा अवार्ड सहित तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति Strategies for Insurance Spreading र बीमा नेतृत्वमा महिला Women in Insurance Leadership विधाको अवार्ड पनि जित्न सफल भएको हो ।

यो प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यो कार्यक्रमले आइएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ । नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको आईएमई लाइफले प्रतिकृया दिएको छ । कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी थिए। उनीसगैँ जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए । कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल९डी।जी।० आइसिसी, अतनु सेन, जिम बिचर्डले विशेष सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार