free website hit counter

आइएमई लाइफ इन्स्योरेन्सले दियो साढे सात लाख सहयोग

beemaadmin
२०७७ बैशाख ६, शनिबार

काठमाडौं । नेपाल सरकारले स्थापना गरेको ‘कोरोना रोकथाम तथा नियन्त्रण कोष’मा सहयोगी हातहरु थपिनेक्रममा आइएमई लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले ७ लाख ५० हजार सहयोग गरेको छ । बिश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाइरस बिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कंम्पनीले गरेको छ । यस सहयोगका साथै यस कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालयमार्फत नेपालभरको बिभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पीपीईलगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कंम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार