free website hit counter

आइजीआई प्रुडेन्सियलले गर्याे २ अर्ब ६५ करोड बीमा शुल्क आर्जन

beemaadmin
२०८३ बैशाख २८, सोमबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा कोषमा उल्लेखनीय वृद्धि भए पनि नाफा भने उल्लेख्य रूपमा घटेको छ।

कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

Advertisement
Advertisement

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ८५ करोड १८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५९ लाख ८४ हजार रुपैयाँ तथा अन्य इक्विटीमा ५५ करोड १७ लाख रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म स्पेसल रिजर्भमा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको बीमा कोष ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा बीमा कोष ४ अर्ब २५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा कम्पनीको बीमा कोष ७५.७० प्रतिशतले वृद्धि भएको हो।

समीक्षा अवधिमा कम्पनीले २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल बीमाशुल्क २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कुल बीमाशुल्क संकलन ४.६९ प्रतिशतले बढेको देखिन्छ।

त्यस्तै, कम्पनीले समीक्षा अवधिमा १ अर्ब ४ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो शुल्क ९२ करोड ९१ लाख रुपैयाँ रहेको थियो। कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेर ०.०२ रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ११.६७ रुपैयाँ रहेको थियो। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १८२.७२ रुपैयाँ कायम रहेको छ।

सम्बन्धित समाचार