free website hit counter

आइपीओ अनुमति माग्दै चार कम्पनी पुगे सेबोनमा

beemaadmin
२०८३ बैशाख २२, मंगलवार

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ वर्ष २०८३ सुरु भएसँगै साधारण शेयर (आइपीओ) निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरूको संख्या बढ्न थालेको छ। बोर्डको पछिल्लो तथ्यांकअनुसार वैशाख महिनामा मात्र विभिन्न क्षेत्रका चार कम्पनीले आवेदन दिएका छन्।

होटल तथा पर्यटन क्षेत्रअन्तर्गत डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड र केटीएम हस्पिटालिटी लिमिटेड ले आइपीओ निष्कासनका लागि निवेदन दिएका छन्। डोलेश्वरले १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न प्रस्ताव गरेको छ, जसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। केटीएम हस्पिटालिटीले १५ लाख ५० हजार कित्ता शेयर निष्कासनका लागि आवेदन दिएको छ, जसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Advertisement
Advertisement

उत्पादन तथा प्रशोधन क्षेत्रतर्फ भगवती स्टिल इन्डस्ट्रिज लिमिटेड ले प्रिमियम मूल्यमा १५ लाख कित्ता शेयर निष्कासनका लागि आवेदन दिएको छ। कम्पनीले प्रति शेयर २ सय ३३ रुपैयाँ (प्रिमियम सहित) मा शेयर जारी गर्ने योजना बनाएको छ, जसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। त्यसैगरी एशियन कन्क्रिटो लिमिटेड ले १० लाख ६२ हजार ५ सय कित्ता साधारण शेयर निष्कासनका लागि आवेदन दर्ता गराएको छ, जसको बिक्री प्रबन्धक पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ नै रहेको छ।

Advertisement
Advertisement

हाल सेबोनको पाइपलाइनमा कुल ४४ करोड २१ लाख ७२ हजार १३२ कित्ता शेयर निष्कासन प्रक्रियामा रहेको छ, जसको कुल मूल्य ६६ अर्ब २३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबर रहेको छ। बोर्डले कम्पनीहरूले पेश गरेका कागजात तथा वित्तीय विवरणहरूको मूल्यांकन गरी मापदण्ड पूरा भएमा मात्र अन्तिम अनुमति प्रदान गर्नेछ।

सम्बन्धित समाचार