free website hit counter

आइपीओ जारी गर्दै एकर्ड फर्मास्युटिकल्स

beemaadmin
२०७९ मंसिर ३, शनिबार

काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने रु। १०० अंकित दरका ७ लाख ६ हजार ९०९ कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो । आइपीओ निश्कासन आवश्यक पूर्व तयारी सुरु गरेको कम्पनीले हालै आफ्नो सार्वजनिक निश्कासनको प्रत्याभूतिकर्ताको रुपमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
यस सम्बन्धी दुई कम्पनीबीच हालै एक सम्झौता भएको छ । सम्झौतामा एकर्ड फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट कम्पनिका प्रबन्धक निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । एकर्ड फर्मास्युटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाण्डौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरणसहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो र आफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोवार सुभारम्भ गरेको थियो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौस्थित सुबिधानगर, तीनकुनेमा अवस्थित छ ।

सम्बन्धित समाचार