free website hit counter

आइपीओ जारी गर्ने एजेन्डासहित आईएमई लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ ३१ मा

beemaadmin
२०७८ जेष्ठ १०, सोमबार

काठमाण्डौ । आइपीओ जारी गर्ने मुख्य एजेन्डासहित आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको गत जेठ ७ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालयमा बिहान १० बजेबाट भिडियो कन्फ्रेन्सिङ माध्यमबाट हुनेछ। सभामा धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० को विशेष प्रस्ताव अनुमोदन हुनेछ। सोही सभाले संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियार दिन स्वीकृत गर्नेछ। संस्थापक सेयरधनी एकश मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दिपक शर्मा पोखरेलेका स्थानमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनी आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त वादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा नियुक्ति गरेकोमा सोलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। सभाले आर्थिक वर्ष २०७५–७६ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु अनुमोदन गर्नेछ।

सम्बन्धित समाचार

भीष्मका नाममा काँग्रेसले जुटायो सहमति

beemaadmin
२०८३ बैशाख १४, सोमबार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार