free website hit counter

आइसियूमा लगिएकी पूर्व रानीको अवस्था कस्तो छ ?

beemaadmin
२०७८ बैशाख १६, बिहीबार

काठमाडौं। भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएपछि कोरोना संक्रमित भएका पूर्व राजा र रानी अहिले नर्भिक अस्पतालमा उपचाररत छन्
कोरोना संक्रमणको उपचार गराइरहेकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था केही असहज भएपछि आइसियूमा राखेर उपचार थालिएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा चार दिनदेखि उपचाररत पूर्व रानी कोमलको अक्सिजनको लेभल घटेसँगै आइसियूमा राखेर उपचार थालिएको नर्भिक अस्पताल स्रोतले जनाएको छ। पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको स्वास्थ्य भने सामान्य रहेको अस्प्तालले जनाएको छ। तर पूर्व राजा ज्ञानेन्द्रलाई भने अक्सिजनकै सपोर्टमा राखिएको छ।

सम्बन्धित समाचार