free website hit counter

आईएमई जनरल इन्स्योरेन्सले बढायो नाफा

beemaadmin
२०७७ जेष्ठ १, बिहीबार

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा ७.३५ प्रतिशत अर्थात ८३ लाख ५१ हजार रुपैयाँले बढी हो । गत वर्षको तेस्रो त्रैमास सम्ममा इन्स्योरेन्सले १० करोड २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क भने २ करोड २४ लाख रुपैयाँ अर्थात ८।२१ प्रतिशतले घटेर ३६ करोड २७ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले ३९ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै पुनर्बीमा कमिशन वापत १२ करोड ९ लाख, लगानी कर्जा तथा अन्य आयवाट ३ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ९४ लाख रुपैयाँ, बीमा कोषमा ३० करोड ४७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले ७३ हजार ३३० वटा बीमालेख जारी गरी ९९ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ८ हजार ११९ वटा बीमालेख नवीकरण भएका छन् ।
यस अवधिमा कम्पनीले २ हजार ६२३ कुल दाबी वापत ३२ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ८ दाबी वापत ६४ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १४ रुपैयाँ ०२ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २४.७५ गुणा बढी छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार