काठमाडौं । जीवन बीमा व्यवसायमा आफूलाई स्थापित गरेको आई.एम.ई लाइफ इन्स्योरेन्सले छैटौ बाषिकोत्सवको अवसरमा जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराउन आरुष लाइफस्टाइल अस्पतालसंग समन्वय गरी आफ्ना तीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको छ ।
उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवन यापनको लागि आवश्यक चार सुनौला पक्ष सन्तुलित भोजन, सक्रिय जीवनशैली , तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले मधुमेह, थाइराइड, मोटोपन आदि रोगसंग सम्बन्धित आफ्ना जिज्ञासा डाक्टरद्वय समक्ष राखी उक्त समस्याहरु बारे पनि बृहतरुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत सक्रिय भूमिका निभाउँदै स्वस्थ समाजको परिकल्पना गरेको बताउनु भयो । त्यसैगरी आउँदा दिनहरुमो विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी अन्य कार्यक्रमहरु समेत सफलतापूर्वक आयोजना गरी छैटौ बाषिकोत्सव सम्पन्न गर्ने कम्पनीको उद्देश्य रहेको छ ।