काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता सेयरको लक–इन अवधि मंगलबारदेखि समाप्त भएको छ।
लक–इन अवधि सकिएको सेयरमध्ये २ करोड ८० लाख कित्ता संस्थापक सेयरधनीको स्वामित्वमा रहेको छ भने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरिएको सेयर रहेको कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता सेयर दर्ता रहेको छ।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको स्वामित्वमा रहेको सेयर भने प्रचलित कानुनी व्यवस्थाअनुसार तत्काल कारोबारका लागि खुला नहुने कम्पनीले स्पष्ट पारेको छ।