free website hit counter

आईजीआई प्रुडेन्सियलको नाफामा छलाङ

beemaadmin
२०८१ श्रावण २८, सोमबार

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित प्रिमियम ९०.५६ प्रतिशत बढेको छ भने कुल आम्दानी ८९.६३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६४.१२ प्रतिशत र कुल खर्च ६४.४३ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १२ रुपैयाँ ३३ पैसा बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २७।६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ। ३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार