free website hit counter

आईपीओ निष्काशन गर्दै नेपाल पुनर्बिमा कम्पनी

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीले कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया थालेको छ । सर्वसाधारणमा शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीको छैटौं वार्षिक उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष महेश कुमार गुरागाईले बिहीबार आईपीओ निष्काशन प्रकृया अन्तिम अवस्था रहेको बताएका हुन् । आईपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरिसकेकोमा बोर्डबाट अनुमति पाउने वितिकै कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने बताइएको छ ।
कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार