free website hit counter

आईसिएफसि फाइनान्स ऋणपत्र जारी गर्ने पहिलो कम्पनी

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । आईसिएफसि फाइनान्स कम्पनीले वार्षिक १२ प्रतिशत व्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्न अनुमति पाएको छ । फाइनान्सले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ्ग प्रदान गरेको छ । फाइनान्स कम्पनीहरूमा आईसिएफसि ऋणपत्र निष्काशन गर्ने पहिलो फाइनान्स कम्पनी हो । आइसिएफसी फाइनान्सले पहिलो फाइनान्स कम्पनीको रुपमा ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र निष्काशनका लागि फाइनान्सले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने फाइनान्सले जनाएको छ । दीर्घकालीन लगानीका लागि स्रोत परिचालनका लागि वाणिज्य बैंकहरूमा प्रतिस्पर्धी ब्याजदरमा ऋणपत्र निष्काशनको क्रम चलिरहँदा आइसीएफसी फाइनान्सले वाणिज्य बैंकभन्दा धेरै ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार