free website hit counter

आईसिएफसि फाइनान्स ऋणपत्र जारी गर्ने पहिलो कम्पनी

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । आईसिएफसि फाइनान्स कम्पनीले वार्षिक १२ प्रतिशत व्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्न अनुमति पाएको छ । फाइनान्सले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ्ग प्रदान गरेको छ । फाइनान्स कम्पनीहरूमा आईसिएफसि ऋणपत्र निष्काशन गर्ने पहिलो फाइनान्स कम्पनी हो । आइसिएफसी फाइनान्सले पहिलो फाइनान्स कम्पनीको रुपमा ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र निष्काशनका लागि फाइनान्सले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने फाइनान्सले जनाएको छ । दीर्घकालीन लगानीका लागि स्रोत परिचालनका लागि वाणिज्य बैंकहरूमा प्रतिस्पर्धी ब्याजदरमा ऋणपत्र निष्काशनको क्रम चलिरहँदा आइसीएफसी फाइनान्सले वाणिज्य बैंकभन्दा धेरै ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको हो ।

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

मधु मरासनीलाई अर्थ सचिवको जिम्मा

beemaadmin
२०८१ बैशाख १०, सोमबार