free website hit counter

आकस्मिक बिरामीलाई मात्र बीमाअन्तर्गत उपचार गर्न निजी अस्पताललाई बोर्डको निर्देशन

beemaadmin
२०८३ जेष्ठ २०, बुधबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूलाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीलाई मात्र स्वास्थ्य बीमा सुविधाअन्तर्गत उपचार उपलब्ध गराउन निर्देशन दिएको छ।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवनकुमार साहका अनुसार कुनै बिरामीलाई तत्काल आकस्मिक उपचार आवश्यक देखिएमा मात्रै बीमाअन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको हो।

Advertisement
Advertisement

वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै बोर्डले गत जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो।

Advertisement
Advertisement

बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको नाममा उपचार उपलब्ध गराउँदा बीमा कोषमा थप भार पर्ने भएकाले त्यस्ता सेवा नदिन पनि निजी अस्पतालहरूलाई आग्रह गरेको छ।

त्यस्तै, सेवाग्राहीलाई पनि आवश्यकताभन्दा बाहिरका अवस्थामा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि दबाब सिर्जना नगर्न बोर्डले अनुरोध गरेको छ।

हाल स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध ३६ वटा निजी अस्पतालमार्फत बिमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन्। बोर्डले उपलब्ध स्रोत र वित्तीय अवस्थालाई ध्यानमा राख्दै सेवा व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ।

सम्बन्धित समाचार