free website hit counter

आक्रमण गर्न गएका रुसी सैनिकले गरे युक्रेनी महिलाहरुसँग यस्तो हर्कत

beemaadmin
२०७८ फाल्गुन १६, सोमबार

एजेन्सी । रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । युक्रेनको राजधानी किभ र खारकिभ सहरसहित अलग अलग क्षेत्रमा विष्फोट भएका छन् । विष्फोटको यो सिलसिला त्यतिबेला सुरु भएको थियो जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारवाहीको घोषणा गरे । यसैबीच युक्रेनकी एक महिलाले रुसी सैनिकले उनलाई टिन्डरमा फ्लर्टी म्यासेज पठाइरहेको दावी गरेकी छिन् ।

रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खारकिभबाट २० माइल दूरीमा छ । युक्रेन र रुसबीच युद्धको अवस्था छ । यही बीचमा युक्रेनकी यी महिलाले स्क्रिनसट शेयर गर्दै रुसी सैनिकले आफूलाई सामाजिक संजालमा फ्लर्ट गर्ने उद्देश्यले म्यासेज पठाइरहेको दावी गरेकी छिन् । कैयौं सैनिकहरुले आफ्नो पदको जानकारी पनि तस्वीरका साथ महिलाहरुलाई पठाएका छन् ।

द सनको रिपोर्टअनुसार आन्द्रेइ, अलेक्जेण्डर, ग्रेगरी र माइकलसहित दर्जनौं रुसी सैनिकहरुले युक्रेनका महिलाहरुलाई आकर्षित गर्नको लागि आफ्नो प्रोफाइल डेटिङ एपमा बनाएका छन् । दाशा सिनेल्निकोभा नामकी एक महिलाले विगत केही दिनदेखि टिण्डरमा कैयौं रुसी सैनिकले आफूलाई म्यासेज र रिक्वेस्ट पठाइरहेको बताइन् ।

३३ वर्षकी दाशाले द सनसँग भनिन् ‘म युक्रेनको किभमा बस्छु । एक जना साथीले मलाई टिण्डरमा धेरै रुसी सैनिक आएको बताएपछि मैले आफ्नो लोकेसन सेटिङ खारकिभमा बदलिदिएँ । त्यहाँ पनि मलाई रुसी सैनिकको म्यासेज आउन थाले ।’

दाशाले ३१ वर्षका कथित रुसी सैनिक आन्द्रेइसँग म्यासेजमा कुरा पनि गरिन् । उनले आन्द्रेइसँग किमी कहाँ छौं रु के तिमी खारकिभमा छौं रु भनेर सोधिन् । जवाफमा आन्द्रेइले आफू खारकिभमा नभएको तर ८० किलोमिटर दूरीमा भएको बताए । दाशाले आफूसँग भेट्ने कुनै योजना छ रु भनेर सोध्दा आन्द्रेइले खुसीसाथ आउने बताए । टिण्डरमा आउने म्यासेजलाई युक्रेनी महिलाहरुले रुसी सैनिकको म्यासेज बताएका छन् । कैयौं प्रोफाइलमा रुसी सेनाको युनिफर्म लगाएका मानिसहरु छन् । महिलाहरुले यसको स्क्रिनशट पनि शेयर गरेका छन् ।

सम्बन्धित समाचार