free website hit counter

आगामी साता नेकपाका लागि सकस

beemaadmin
२०७७ श्रावण २४, शनिबार

चिया पसलदेखि सरकारी अड्डासम्म सर्वत्र ‘के नेकपाभित्रको अवस्था वार कि पारको चरणमा पुग्न लागेको हो ! विवाद उत्कर्षमा पुगेकै हो !’ भन्ने चर्चा हुन थालेको छ । अस्ति बिहीबार विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू कोरोना कहरबीच रातरात काठमाडौं प्रस्थान गरेका छन् । मुख्यमन्त्रीहरू हतारमा काठमाडौं हिँड्न खोजेको थाहा पाएपछि प्रादेशिक नेताहरूले उनीहरूलाई ‘पार्टीको विवाद मिलाएर आउनुस् है ! हाम्रो शुभकामना छ’ भनेका थिए । तर, मुख्यमन्त्रीहरूले ‘मिल्न खोज्या भए पो शुभकामना लिनु,भताभुङ्गको अवस्थामा पुगेकाले तपाईंहरूको शुभकामनाले के नै गर्ला र !’ भन्दै हिँडेको विषयले प्रदेशतिर निकै महत्व पाएको बताइन्छ ।

यता, संघीय संसदका सांसदहरूलाई पनि केहि दिनदेखि राजधानीमै केन्द्रित रहन आदेश दिइएको छ । बालुवाटार र खुमलटार दुबैतर्फ आफूनिकट भनिएका सांसद पो असुरक्षित हुने हो वा तिनको भाउ बढ्ने हो कि भन्ने गाईंगुईं चलाइएको छ । विवादको टुंगो पार्टीको कुनैपनि कमिटीले लगाउन नसकेको अवस्थामा स्वतः सांसदहरूको भूमिका बढाउनेतर्फ लागिएको हो वा अवस्था विशेष अधिवेशन बोलाउनेतर्फ सोझिएको हो भन्नेमा सबैजना द्विविधामै छन् ।

‘मिल्न खोज्या भए पो शुभकामना लिनु,भताभुङ्गको अवस्थामा पुगेकाले तपाईंहरूको शुभकामनाले के नै गर्ला र !’ भन्दै हिँडेको विषयले प्रदेशतिर निकै महत्व पाएको बताइन्छ ।

अहिले विशेष अधिवेशन बोलाइएको अवस्थामा सरकारले ल्याउन खोजेको भनिएको राजीतिक दलसम्बन्धी अध्यादेश स्वतः रोकिने छ । ल्याउनै परे विधेयकको रूपमा पेश गरेर संसदले आवश्यक छलफल गरेपछि बल्ल ऐन आउने हो । जुन सरकार र बालुवाटारको लागि आफ्नो योजनाबमोजमको कार्य हुन सक्दैन ।

हात्तिसार र नागपोखरीको कर्नरमा रहेको अमेरिकी चेन होटल मेरियटमा हिजो डाकिएको सम्पादकहरूको अर्को चरणको भेला अकस्मात रोकियो । भेला स्थगितको कारण जे बताइए पनि समाजिक सञ्जालहरूमा रङ्गिएका प्रधानमन्त्री निकट र इतर दुबैतर्फका तिक्ततापूर्ण अभिव्यक्तिहरूले नेकपाको विवादलाई गम्भीर मोडमा पुर्याउन मलजल गरेको देखाउँछ ।

यता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो सवारीमा अघिपछि दौडने सुरक्षाकर्मीमध्ये छ जनामा कोरोना पुष्टि भएपछि आगामी साता निवासबाट बाहिर ननिस्कने गरी बस्नुभएको छ । अर्को चरणको पीसीआर टेष्टपछि विवाद समाधानको लागि नयाँ बाटो तय गर्ने मुडमा देखिनुहुन्छ । वहाँले फोनवार्ताबाटै यसबीचमा आवश्यक कार्यहरू अघि बढाउनुभएको बताइएको छ । यी सबै घटनाक्रमलाई हेर्दा के आगामी साता नेकपाको लागि सबैभन्दा सकसपूर्ण अवधिको रूपमा देखिन लागेको हो !
(जनआस्थाबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार