भविष्यमा मात्र बीमाको महत्व बुझिन्छ । मान्छेहरूमा यस्तो हुँदै हुँदैन भने किन पैसा खर्च गर्ने भन्ने खालको सोच छ । मैले जे सम्पत्ति कमाएको छु, यदि कुनै पनि दुर्घटना अथवा घाटा आइपर्यो भने मैले कसरी परिपूर्ति गर्ने, त्यही पोजिसनमा कसरी आउने, दैनिकी कसरी चलाउने भन्ने सोच आउनुपर्छ । त्यसलाई पनि खर्चका रूपमा राख्नुपर्छ । एउटा एक डेढ करोड पर्ने घर १५/२० वर्षमा आर्जन गरेको पैसाले बनाइएको हुन्छ, त्यसको चार हजारले जोखिम बहन गर्छ भने किन बीमा नगर्ने । दुघर्टना क्षति होस् भन्ने कसैको चाहना हुँदैन तर भएको खण्डमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने विचार गरेर नै बीमालाई अगाडि बढाउनुपर्छ ।
समाजमा आर्थिक क्रियाकलाप बढाउनका लागि बीमाको ठूलो भूमिका छ । नेपाल भूकम्पीय जोखिम भएको मुलुक हो । सम्पत्ति बीमाले सबैलाई समेट्छ । भूकम्पको बेला झण्डै १५ अर्बको क्लेम सेटलमेन्ट बीमा कम्पनीहरूबाट भयो । त्यसले गर्दा कम्पनीले तिर्ने रहेछ भन्ने पनि देखियो । दैवी प्रकोपका कारण पनि नेपालमा धेरै क्षति भइरहेको छ । यसको क्षतिपूर्तिका लागि बीमा अपरिहार्य छ । सरकारले पनि नक्सा पास गर्दा, कर तिर्दा घर बीमा अनिवार्य गर्नुपर्ने कुनै कानुन पास गरिदिएको खण्डमा घरको बीमा हुन्छ । राष्ट्रले कुनै क्षति बेहोर्दा कसैको व्यक्तिगत क्षति भए पनि समग्रमा हेर्दा त्यो राष्ट्रको क्षति हो ।
बजारमा बिजनेस दिनेको होडबाजीले गर्दा हामीबीचमै आचारसंहिताको आवश्यकता प¥यो । त्यही आवश्यकताले आचारसंहिता पनि बनेको छ । जुन कार्यान्वयनको चरणमा पुगिसकेको छ । आचारसंहितामा बीमा समितिकै गाइड लाइन छ । हामी सबै मिलेर त्यसलाई पालना गरेर बजारलाई स्वस्थ बनाएर जाउँ भन्ने खालको सहमति मात्रै हो । यसमा उल्टो पाल्टो नगरौँ बरु सर्भिस लेवल बढाउँ । जसले राम्रो सेवा दिन्छ, क्लाइन्ट त्यहाँ नै जान्छ । क्लाइन्टलाई अप्सन दिएर १०० को चिज दशमा दिन्छु भनेर कागजमा त्यही रिस्क लेखेको छ भने किन नाई भन्ने कुरा आउँछ । त्यही कुरालाई रोक्नका लागि हामीले आचारसंहिता तयार पारेका हौं ।
अस्वस्थ प्रतिस्पर्धाले सबै बीमा कम्पनीहरूले गलत बाटोमा गइरहेको महसुस गरेका छन् । त्यसलाई सुधार गर्नुपर्छ भन्ने आवाज उठाएर हामीले त्यहीअनुसार आचारसंहिता बनाएका छौँ । आखिर जसले जसरी लगानी गरे पनि अन्तमा रिटर्न त खोज्छ नै । होइन भने उसले व्यापार किन गर्ने । हामीले पनि केही रिटर्न त दिनुपर्यो । त्यसको मतलब प्रेसर आएर जे पायो त्यही गरेर भएको इन्डस्ट्रिलाई बिगार्ने कुरा हुँदैन । राम्रोसँग व्यावसायिक रूपमा व्यवस्थित गरेर लैजानुपर्यो । बीमा कम्पनीले पनि पुनः बीमा गर्नुपर्छ । पुनः बीमा कम्पनी यहाँ पैसा दिन बसेको होइन । उसले पनि व्यापार गर्न बसेको हो । हाम्रोबाट नाफा भयो भने न उसले राम्रोसँग सेटलमेन्ट गर्ने हो । पहिले सुरक्षा, त्यसपछि रिटर्नका कुरा आउँछ । त्यो कुरा बुझ्न जरुरी छ ।
बैंकास्योरेन्स भनेको दुनियाँमा चलेको कुरा हो । हाम्रोमा बैंकास्योरेन्स याक्ट त छैन तर एजेन्टका रूपमा जुन सेवा उहाँहरूले पु¥याइरहनुभएको थियो, त्यसलाई राष्ट्र बैंकले नगर्नु भन्ने कुरा गर्नु कदापि राम्रो होइन । बाहिरतिर पनि हाम्रो रोजीरोटी खोसियो भनेर एजेन्टहरूले मुद्दा हाल्दा अदालतले बीमा कम्पनीभन्दा बैंकको पहुँच जनताका माँझमा बढी भएको हुँदा बैंकबाट इन्स्योरेन्स बुझ्दा, सर्भिस दिँदा राम्रो हुन्छ भनेको छ । अहिले सामान्यतया बैंकको ३०० वटासम्म सञ्जाल छ । ती सञ्जाललाई प्रयोग ग¥यौँ भने हामी अगाडि पुग्छौँ । जे कुराको पनि सुरुआत गर्दा त्यसमा विकृति देखिन्छ । जबर्जस्ती बिक्री गर्नु राम्रो होइन । एकाधले गरे भन्दैमा त्यसलाई बन्द गर्नु राम्रो होइन ।
राष्ट्र बैंकजस्तो निकायले बीमाको महत्व बुझेन भने हामीले जनतामा झन् कसरी पु¥याउने । कुनै पनि कुरामा विकृति छ भने यसरी गर्न मिल्दैन भनेर नियमन गर्ने हो । बीमा कम्पनीले बिजनेस गर्ने भनेको एजेन्सी वा ब्रोकरमार्फत नै हो । सीधै काम गर्दा कुनै कम्प्लिकेसन आयो भने समस्या हुन्छ तर ब्रोकर मार्फत् जाँदा त्यो सजिलो हुन्छ । त्यसैले बैंकास्योरेन्सलाई रोक्न नहुने हो । बैंकर संघले पनि त्यो कुरा महसुस गरिसकेको छ । (सार्वजनिक अभिव्यक्तिमा आधारित)