free website hit counter

आजदेखि खुल्यो सामलिङको आईपीओ

beemaadmin
२०७८ कार्तिक ४, बिहीबार

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले आज कात्तिक ४ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो शेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक १८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार