free website hit counter

आजदेखि नेपाल उद्योग वाणिज्य महासंघकाे ६०औँ वार्षिक साधारणसभा

beemaadmin
२०८३ बैशाख २१, सोमबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ललितपुरस्थित एक होटलमा आयोजना गरिएको यस साधारणसभाबाट नेतृत्व परिवर्तन हुने कार्यतालिका तय गरिएको छ।

चैतको अन्तिम साता आयोजना हुनुपर्ने सभा कानुनी जटिलता र अदालतको आदेशका कारण स्थगित भएको थियो। सोही स्थगित सभा अहिले सञ्चालनमा आएको हो। तीन वर्षअघि अध्यक्ष निर्वाचित भएका चन्द्र ढकालको कार्यकाल समाप्त भएसँगै वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आगामी तीन वर्षका लागि नेतृत्व सम्हाल्नेछन्।

Advertisement
Advertisement

आज साधारणसभाको उद्घाटन कार्यक्रम हुनेछ भने भोलि वरिष्ठ उपाध्यक्ष पदका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा निर्वाचन हुने जनाइएको छ।

Advertisement
Advertisement

महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले अञ्जन श्रेष्ठ अध्यक्ष बन्ने निश्चित छ। तर, योसँगै महासंघ नयाँ चरणमा प्रवेश गर्न लागेको छ। संशोधित विधानअनुसार अब अध्यक्ष पदका लागि पनि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था लागू हुनेछ। यस अर्थमा, अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने प्रणाली अन्तर्गत नेतृत्व सम्हाल्ने अन्तिम व्यक्ति हुन सक्नेछन्।

उनको कार्यकालमा सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग समन्वय तथा प्रभावकारी दबाब सिर्जना गर्ने जस्ता चुनौतीहरू प्रमुख रूपमा रहने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार