free website hit counter

आजबाट खुल्यो अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ

beemaadmin
२०७७ असार २५, बिहीबार

काठमाडौं । सर्वसाधारणका लागि अजोड इन्स्योरेन्सले खुल्ला गरेको आईपीओ आजबाट भर्न सकिने छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता जारी गरेको हो । आईपीओ खरीद गर्न चाहनेले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ आज असार २५ गते देखि असार २९ गते सम्म खुल्ला रहने छ । असार २९ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असार २९ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ८ गते सम्म समय थपिने छ । यो सम्भावना छैन । यस आइपीओमा अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालय सुन्धारा र सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को तेश्रो त्रैमाससम्म ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ। आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

सम्बन्धित समाचार