free website hit counter

आज अभिनेता पल शाहको थुनछेक बहस

beemaadmin
२०७८ चैत्र २३, बुधबार

काठमाडौं । नावालिगलाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको थुनछेक बहस आज हुँदैछ। जिल्ला अदालत नवलपुरमा आज शाहविरुद्धको मुद्दामा थुनछेक बहस हुन लागेको हो। त्यसका लागि मंगलबारै शाहलाई तनहुँ हिरासतबाट नवलपुर लगिएको थियो। शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ। मंगलबार नवलपुरका जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको थियो। आज नवलपुरमा सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्ने तयारी गरेका छन्। हिजो अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए। नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा शाहविरुद्ध नवलपुरमा चैत ३ गते जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुर र तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार