free website hit counter

आज कहाँ कति संक्रमित ? (सूचिसहित)

beemaadmin
२०७७ भाद्र ९, मंगलवार

काठमाडौं । कोरोना कहर घट्ने छाँटकाट छैन । दिनदिनै संक्रमित बढ्दो छ भने ज्यान गुमाउनेको संख्या पनि बढ्दो नै छ । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् । यस्तै सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, दाङका १८, बारा र महोत्तरीका १७–१७ जना, सुनसरी र कैलालीका १६–१६ जना, बाँकेका १५, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९–९ जना संक्रमित भएका छन् ।

धादिङ र नवलपरासीका ८–८ जना, तनहुँ र बार्दियाका ६र६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५र५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४–४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३–३ जना तथा सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २–२ को रिपोर्ट पनि पोजेटिभ आएको छ । उदयपुर, ओखलढुंगा, खोटाङ, नुवाकोट, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १–१ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार