free website hit counter

आज चौथो दिन पनि घट्यो सुनको मूल्य

beemaadmin
२०७९ भाद्र ३०, बिहीबार

काठमाडौं । नेपाली बजारमा लगातार चौथो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार चार दिनसम्म मूल्य घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । साताको आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता १४ सय रुपैयाँ घटिसकेको छ ।
सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र आज विहीबार ३०० रुपैयाँ रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको जनाएको छ । हिजो बुधबार चाँदीको भाउ तोलामा ११ सय ७५ रुपैयाँ थियो ।

सम्बन्धित समाचार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार