free website hit counter

आज छैन सार्वजनिक बिदा

beemaadmin
२०७६ मंसिर २६, बिहीबार

काठमाडौं । आज किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्व परेको छ । आज सार्वजनिक बिदा हो वा होइन भन्ने विषयमा सामाजिक सञ्जालहरुमा समेत अनेक तर्कवितर्क प्रस्तुत भइरहेको बेला गृहमन्त्रालयले आज बिना नभएको स्पष्ट पारेको छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएकाले आम सर्वसाधारणलाई अन्योल बनाएको देखिन्छ । अघिल्ला वर्षहरुमा यो दिन सार्वजनिक बिदा भएका कारण केही भित्ते पात्रोहरुले यस वर्ष पनि रातो लगाइदिएका कारण यस्तो अन्योल सिर्जना भएको हो ।

गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन जातीय र धार्मिक समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ । नेपाल सरकारको आधिकारीक सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित बिदाबाहेक अरु दिन बिदा नभएको गृहमन्त्रालयका अधिकारीहरुले बताएका छन् । यही अन्योलका कारण केही निजी विद्यालयहरुले आज सार्वजनिक बिदा समेत दिइसकेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार