free website hit counter

आज नेपाल लाइफको साधारणसभा

beemaadmin
२०८१ असार १९, मंगलवार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज असार १८ गते गर्दैछ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ । आव २०७८।७९ र २०७९।८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव २०७९।८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित पारित गर्नेछ । कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

सम्बन्धित समाचार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ असार २१, बिहीबार

आज पनि बढ्यो सुन

beemaadmin
२०८१ असार २०, बुधबार