काठमाडौं । नियामक निकाय बीमा समितिले सञ्चालक नियुक्ति सम्बन्धी नयाँ व्यवस्था लागू गरेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१औं वार्षिक साधारण आज बस्ने भएको छ । उक्त सभा बिहान ९ बजे होटल भिष्वा बीरगंज पर्सामा गर्ने जनाएको छ । सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६÷७७ को आर्थिक वर्षको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६र७७ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवतरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारत गर्नेछ । त्यस्तै, सभाले लेखापरिक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७–७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती प्राप्त गरी नियुक्त लेखापरिक्षक एस एआर एण्ड एशोसिएट्सको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्नेछ । संचालक समितिले प्रस्ता गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, बोनश शेयर जारी गरेपछि कायम हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने,बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धीत शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथापत राख्ने ।
त्यसैगरी सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० को अनुपातलाई परिवर्तण गर्ने गरी ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।