free website hit counter

आज पनि घट्यो सुनको भाउ

beemaadmin
२०७९ भाद्र ७, मंगलवार

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँमा झरेको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार