free website hit counter

सुन सस्तिने क्रम जारी, ८ महिनायताकै सस्तो

beemaadmin
२०७९ आश्विन ३, सोमबार

काठमाडौं । सुनको मूल्य पछिल्लो ८ महिनायताकै सस्तो भएको छ । असोज ३ गते, सुन तोलामा ४०० रुपैयाँले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन गत पुस २६ गते यताकै सस्तो हो । सो दिन पुस २६ गते, ९१ हाजर ३०० रुपैयाँमा कारोबार भएको थियो । हिजो अर्थात आइतबार सुनको मूल्य भने बढोत्तरी भएको थियो । हिजो सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । यस दिन सुनसँगै चाँदीको भाउ पनि गिरावट भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । असोजको पहिलो कारोबार दिन, चाँदीको भाउ तोलामा १५ रुपैयाँले महंगिएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँ पुगेको थियो ।

सम्बन्धित समाचार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार