free website hit counter

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ असार २१, बिहीबार

काठमाण्डौ । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार