काठमाडौं । फागुन ६ गते, मंगलबार, नेपाली बजारमा सुन मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी सोमबारको बजारमा कायम मुल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।