free website hit counter

आज पनि बढ्यो सुन, बनायो नयाँ रेकर्ड

beemaadmin
२०८२ मंसिर २९, सोमबार

काठमाडौं । मंसिर २९ गते, सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्यले हिजो आइतबार बनाएको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढेको हो। आइतबार यस्तो सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ४५ रुपैयाँ बढेर ३ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार