free website hit counter

आज पर्यटन बोर्डले नयाँ सीईओ पाउने

beemaadmin
२०७६ माघ ६, सोमबार

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सिफारिस भएको छ । सम्भवत आजै बोर्डले नयाँ सीईओ पाउने छ । सूचीको पहिलो नम्बरमा डा. धनन्जय रेग्मी परेका छन् भने दोस्रो नम्बरमा दीपक बस्ताकोटी र तेस्रोमा हिक्मतसिंह ऐर सिफारिश भएका छन् । तीन जनाको नाम सिफारिश हुँदा निवर्तमान सीईओ दीकपराज जोशी भने अटाएनन् । छनोट समितिले आइतबार तीन जनाको नाम संचालक समितिमा पठाउने निर्णय गरेको हो ।
नेपाल भ्रमण वर्षको प्रारम्भिक समयमा ४ वर्षे कार्यकाल पूरा गरेका जोशीलाई संचालक समितिले केही महिना कार्यकाल लम्ब्याउने प्रस्ताव गरेको थियो ।
बोर्डको नयाँ सीईओमा पहिलो नम्बरमा सिफािरश भएका डा. धनन्जय रेग्मीको सम्भावना बढीदेखिएको छ । डा. रेग्मी जलवायु परिवर्तनमा विज्ञ हुन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मानिन्छन् । रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा कार्यरत छन् ।

सम्बन्धित समाचार