free website hit counter

आज प्रभु इन्स्योरेन्सको साधारणसभा

beemaadmin
२०८१ बैशाख २०, बिहीबार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा आज बस्दैछ । सभा काठमाडौं, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपियाँको ४।७५ प्रतिशत बोनस शेयर र ०।२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित हुनेछ । साथै, गत आवको वित्तीय विवरण छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ । त्यस्तै, सभाले चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, सञ्चालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र सञ्चालकसहित ७ जनाको समिति गठन गर्नेलगायतका प्रस्वात पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा उपस्थित हुन र कम्पनीले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।

सम्बन्धित समाचार