काठमाडौं । आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । गत शुक्रबार गठन भएको बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने परम्परा रहेको छ । सोही आधारमा आज सोमबार अपराह्न ४ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।