free website hit counter

आज बालेन्द्रले ल्याउँदैछन् पहिलो नीति तथा कार्यक्रम

beemaadmin
२०७९ असार ५, आईतवार

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले जानकारी दिएका छन्। उनका अनुसा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।
महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ। महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ।

सम्बन्धित समाचार