free website hit counter

आज माण्डु हाइड्रोपावरको साधारणसभा

beemaadmin
२०८१ आश्विन १४, सोमबार

काठमाडौं । लाभांश वितरणको प्रस्तावसहित ​माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज असोज १४ गते बस्दैछ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरिसकेको छ । भदौ ३० गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार