free website hit counter

आज माण्डु हाइड्रोपावरको साधारणसभा

beemaadmin
२०८१ आश्विन १४, सोमबार

काठमाडौं । लाभांश वितरणको प्रस्तावसहित ​माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज असोज १४ गते बस्दैछ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरिसकेको छ । भदौ ३० गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित समाचार

१३ लाख मानिसले उपत्यका छाडे

beemaadmin
२०८१ आश्विन २६, शनिबार

आज विजयादशमी, आफैँमा शुभ दिन

beemaadmin
२०८१ आश्विन २६, शनिबार