free website hit counter

आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन

beemaadmin
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं। राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुँदैछ। संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बीच प्रतिस्पर्धा हुँदैछ। दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाका संयुक्त उम्मेदवार हुन्। सत्ता गठबन्धनबीच फागुन २१ मा भएको आठ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ। राष्ट्रियसभा अध्यक्ष चयनको लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बोलाइएको छ। संघीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने आजको बैठकका लागि चारवटा सम्भावित कार्यसूची तय गरेको छ। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। यस्तै, गोपीबहादुर सार्की आछामीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि सभाको अध्यक्षता गर्ने राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। निर्वाचन कार्यक्रमअनुसार सोमबार शर्मा र दाहालले अध्यक्ष पदमा आ(आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।संसद सचिवालयका अनुसार बिहान ११ बजे निर्वाचन प्रकिया सुरू हुनेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार