free website hit counter

आज रास्वपाको एकता घोषणा सभा

beemaadmin
२०८२ पुष २१, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज एकता घोषणा सभा गर्दैछ। रास्वपाले थरुहटका पूर्व नेताहरूलाई काठमाडौँमा एकता घोषणा सभा गरेर आफ्नो पार्टीमा भित्र्याउन लागेको हो। सोमबार दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने एकता सभामा पार्टी सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। थरुहटका लक्ष्मण थारू, सुरेन्द्र चौधरीलगायतका नेतासँग रास्वपाले एकता गर्ने लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि उनीहरू रञ्जिता श्रेष्ठ नेतृत्वको तत्कालीन नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का नेता थिए। नाउपाका रुपन्देहीका पूर्वजिल्ला अध्यक्षसहित ३३ जना नेता आज रास्वपामा समाहित हुन लागेका हुन्। पूर्वमन्त्रीसमेत रहेकी रञ्जिता भने नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन्। उनीसँग असन्तुष्ट नेता(कार्यकर्ता आज रास्वपामा प्रवेश गर्न लागेका हुन्। रास्वपासँग पुस १३ मा काठमाडौँका मेयर बालेन साहको समूह र पुस १४ मा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार बालेनलाई रास्वपाले पार्टीको वरिष्ठ नेता बनाएको छ भने उनी पक्षीय २६ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

सम्बन्धित समाचार