free website hit counter

आज साउन १५, खाऔं स्वादिष्ट खीर

beemaadmin
२०७७ श्रावण १५, बिहीबार

आज साउन १५ । आज धेरै नेपालीको घरमा खिर पाक्छ । स्वादिलो र स्वास्थ्यका हिसावले राम्रो मानिने खिर कसरी तयारपार्ने भन्ने विषयमा हामीले यहाँ प्रस्तुत गरेका छौं । सामान्य तरिकाले मीठो खिर घरमै बन्छ ।

आवश्यक सामग्री
चामल (बासमती वा ताइचिन) १ कप
दुध १.५ लिटर
चिनी २ ठूलो चम्चा (स्वादअनुसार)
काजुका टुक्रा २ चम्चा
नरिवलका टुक्रा २ चम्चा
छोकडा टुक्रा परिएको २ चम्चा
सुकुमेल ५/६ पिस
किसमिस ३०/४० पिस
ल्वाङ ४/५ पिस
तेजपात १/२ पात

खीर बनाउने यस्तो छ तरिका
सर्वप्रथम त चामललाई राम्रोसँग केलाएर पानीले राम्ररी पखाल्ने। बाक्लो डेक्सीमा मन्द आगोमा दूध बसाल्ने । दुधलाई राम्ररी उम्लिन दिने । धोएर राखिएको चामललाई उम्लिएको दुधमा हाल्ने। मन्द आगोमा दुध र चामललाई मजाले चलाई चलाई पाक्न दिने। यसरी दुधमा चामल छड्किन थालेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा तथा तेजपात हाल्ने। अब चमल र सबै मसल गल्ने गरी सानो आगोमा १५÷२० मिनेट पकाउने। अब खिर तयार भयो । खिर जति चिसो भयो उति स्वादिलो हुन्छ । त्यसैले धेरै तातो खिर स्वादिलो लाग्दैन ।

सम्बन्धित समाचार